काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक समस्याको समाधान खोज्न सत्तापक्ष, प्रमुख प्रतिपक्ष र आन्दोलनरत गठबन्धनको संयुक्त बैठक आव्हान गर्नु भएको छ ।

त्रिपक्षीय वार्ताका लागि प्रधानमन्त्री ओलीले मंगलवार बिहान साढे १० वजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बैठक आव्हान गर्नु भएको हो । राजनीतिक जटिलताको अन्त्यकोलागि राजनीतिक सहमति आवश्यक रहेको भन्दै प्रधानमन्त्रीले संयुक्त बैठककोलागि आह्वान गर्नुभएको हो ।
आन्दोलनरत संघीय गठबन्धनलाई यसअघि प्रधानमन्त्री ओलीले वार्ताका लागि पत्राचार गर्नु भएको थियो । तर आन्दोलनरत गठवन्धनले भने वार्ताका लागि वातावरण नभएको भन्दै वार्ता अस्वीकार गर्दै आएको छ । तराईमा सात महिना लामो आन्दोलन गरेको तत्कालीन मोर्चाले जेठवाट गठवन्धनको नाममा राजधानीमा प्रदर्शन गर्दै आएको छ । सरकार र आन्दोलनरत पक्ष दुवैलाई वार्तावाट चाँडै निकास खोज्न दवाव बढ्दै आएको छ ।

आन्दोलनकारीका माग विषयमा छलफल गरि निकासमा पुग्न प्रधानमन्त्री ओलीले सत्ता, प्रमुख प्रतिपक्ष र आन्दोलनरत पक्षसहित त्रिपक्षीय वार्ताका लागि बैठक बोलाउनु भएको हो ।

Comments