मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा १८ वर्ष मूनिका व्यक्तिहरुले इ चुरोट किन्न प्रतिबन्ध लगाएको छ ।

सुर्तीजन्य पदार्थमा कडाइ गर्दै आएको यहाँको सरकारले इ चुरोटमा समेत प्रतिबन्ध लगाउँने तयारी गरेको हो । यसबारेको प्रस्ताव अर्को साता पर्लियामेन्ट वैठकमा पेश गर्ने तयारी भएको समाचारमा उल्लेख छ । नयाँ कानून लागू भएपछि स्कूल र केटाकेटी बोकेको गाडीमा पनि इ सिगरेट सेवन गर्न पाइने छैन । इ सिगरेटमा सुर्ती प्रयोग भए नभएको बारे समेत छानविन गरिने भएको छ ।

सरकारले आगामी अप्रिल १ देखि कुनै पनि भोज भतेर र पार्टीहरुमा समेत सुर्तीजन्य पदार्थ सेवन गर्न नपाउँने कानून लागू गर्ने अन्तिम तयारी भएको छ । कानून कार्यान्वयनमा आएपछि विभिन्न फुड फेस्टिबलहरुमा समेत धुम्रपान निषेध हुनेछ ।

Comments