काठमाडौं । नयाँ संविधानप्रति विमति जनाउँदै अाएका असन्तुष्ट दलसम्बद्ध संघीय गठबन्धनले राजधानीमा सुरु गरेको आन्दोलनको तेस्रो मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रित गरेको छ।

यस अगाडि आइतबार र सोमबार सिंहदरबार प्रवेश क्षेत्र अवरुद्ध गरेको गठबन्धनले बालुवाटारमा धर्ना र प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनकारी निषेधित क्षेत्रतर्फ बढेपछि सुरक्षाकर्मीले रोक्दा त्यहाँ झडप भएको छ। बालुवाटार क्षेत्र तनावग्रस्त बनेको छ।

Comments