काठमाडौं । नेपाली सिने बजारमा यो साता अचानक करिश्मा नाम गरेको कालो पोथीको चर्चा चुलिएको छ । युट्युवमा त यो भिडियो भाइरल नै बन्न थालेको छ । करिश्मा नामको कालो पोथी वास्तवमा निर्देशक मीनबहादुर भामको फिल्म कालो पोथीको एउटा प्रमुख पात्र हो ।

भेनिस फिल्म फेस्टिवलमा हुने कृटिक्स च्वाइस अन्तरगत वेष्ट फिल्मको अवार्ड जितेको ’कालो पोथी’ले नयाँ ट्रेलर सार्वजनिक गरेसँगै कारिश्माको चर्चा बढेको हो । फिल्मको यसअघि नै ट्रेलर सार्वजनिक भएपनि जेठ २१ गतेको नेपाल रिलिजलाई लक्षित गर्दै फिल्मको सोमबार एक कार्यक्रमकाबीच नयाँ ट्रेलर सार्वजनिक गरिएको हो।

यो फिल्म विदेशका २३ वटा फिल्मलाई सहभागी गराएपछि नेपालमा रिलिज गर्न लागेको हो । फिल्म अन्तराष्ट्रिय सहकार्यमा निर्माण गरिएको हो । फिल्ममा नेपालमा १२ वर्षसम्म चलेको माओवादी विद्रोहको नेपथ्यमा दुई बालकको भोगाइको कथा रहेको छ ।

फिल्ममा खड्काराज नेपाली, सुकराज रोकाया, जितबहादुर मल्ल, वेनिशा हमाल, विपिन कार्की लगायत लिड रोलमा छन् ।

Comments