काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जिवराज आश्रितको रहस्यमय सवारी दुर्घट्नामा निधन भएको २३ वर्ष पुगेको छ । तर यति लामो समयसम्म पनि यो दुर्घट्ना भने अझै रहस्यमै रहेको छ ।

कतिले यसलाई स्वभाविक दुर्घट्ना मानेका छन् भने कतिले यसलाई नेताद्धयको हत्या गर्न बुनेको रहस्यमय षड्यन्त्र भन्दै आएका छन् । दुर्घट्नापछि पटक पटक एमाले सरकारमा पुगे पनि यसको छानविनमा चासो नदेखाए विषयलाई धेरैले अर्थपूर्ण रुपमा हेर्ने गरेका छन् । दुर्घट्नाका एक मात्र साक्षी चालक अमर लामाको पनि केही वर्ष अगाडि उसै गरि रहस्यमय तरिकाले कीर्तिपुरमा हत्या गरियो । त्यसपछि यो घट्ना झनै पेचिलो बन्दै गएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी र जिवराज आश्रितको दुर्घटना नभएर हत्या भएको कुरामा एमाले स्पष्ट रहेको बताउँनुभएको छ । साथै उहाँले यसको खोजीनिति गरिने समेत बताउँनुभएको छ । लामो समय बितसकेकाले अनुसन्धान कठिन हुने भए पनि अनुसन्धान थाल्न भने पछि नपर्ने उहाँको कथन छ ।

मदन–आश्रतिको २३ औं स्मृति दिवसका अवसरमा बल्खुस्थित मदन भण्डारीको प्रतिमामा सोमवार माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले पहिलोपटक नेताद्धयको हत्या भएको कीटानी अभिव्यक्ति दिनुभएको हो ।

त्यो नियोजित हत्या थियो भन्नेमा आफूहरु द्विविधामा नरहेको प्रष्ट पार्दै उहाँले कानुनी रुपमा खोजविन गर्नु पर्ने र त्यसका लागि प्रमाणहरुको अध्ययन गरि अनुसन्धान गरिने बताउँनुभयो ।

Comments