काठमाडौ । सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ताका लागि आज समय तोकेको छ ।

आज दिनभरमा सभासद्हरुले संसद सचिवालयमा प्रस्ताव दर्ता गर्न सक्ने संसद सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममाथि भोलि र पर्सी संसदमा छलफल गर्ने कार्यसूची तय गरिएको छ । आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म संसोधन दर्ताको समय तोकिएको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।

हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । बैशाख ३० गते धन्यवाद प्रस्तावसहित त्यसलाई पारित गर्ने कार्यतालिका बनाइएको छ । नीति तथा कार्यक्रममाथि सांसदहरुले बोल्नेक्रम सकिए लगत्तै उठेको जिज्ञासा र प्रश्नको प्रधानमन्त्रीकेपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम राखिएको छ ।

नीति तथा कार्यक्रमका आधारमा जेठ १५ मा बजेट ल्याउने तयारी छ ।

Comments