मेलबर्न । एनआरएनए अष्ट्रेलियाले उच्च शिक्षाका लागि आएका नेपाली बिद्यार्थीहरुको हितका लागि सुरु गरेको वाक फर वेलफेयर अभियान सम्पन्न गरेको छ ।

अध्ययनका लागि अष्ट्रेलिया आएका नेपालीहरु विद्यार्थी तथा अरुहरुलाई कानुनी, आर्थिक, प्राविधिक समस्याहरु आउने भएकाले यसको समाधानका लागि कोष स्थापना गर्ने उद्देश्यले अष्ट्रेलियाका विभिन्न ६ सहरमा सो अभियान सञ्चालन भएको थियो ।

सो कोषका लागि १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको थियो । अभियानको अन्तिम दिन साउथ अष्ट्रेलियाको एडिलेडमा कार्यक्रम गरेर सम्पन्न गरिएको छ ।

एडिलेडमा गरिएको कार्यक्रममा करिब सयजना नेपालीहरुले एकै किसिमको पोसाक लगाएर ५ किलोमिटर पैदल यात्रा गरेका थिए ।

सिड्नी, मेलबर्न, ब्रिसबन, पर्थ, डार्विन, एडिलेडमा सम्पन्न गरिएको कार्यक्रममा आफूहरुले सोचेको भन्दा राम्रो उपस्थिति रहेको बताउँदै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले लक्ष्य अनुसारको रकम संकलन हुने जानकारी दिनुभयो ।

Comments