–दीपेन्द्र दोङ तामाङ

मेलबर्न । नातिको मुख हेर्दै छोरा बुहारीसँगै केही समय भए पनि बस्न पाइयो भनेर फुरुङ्ग हुँदै आएकी थिएँ । तर यहाँ आएपछि झन् एक्लै पो परें । छोरा बुहारीसँग भेट हुन त हप्ता नै कुर्नुपर्छ ।

मेलबर्नमा भेटिनुभएका ६३ वर्षीया हरिकला लामिछने (नाम परिवर्तन) ले गुनासो गर्नुभयो । बुहारी सुत्केरी हुने भए पछि उनी मेलबर्न आउँनुभएको थियो ।  अहिले नाति जन्मेको पाँच महिना वितिसकेको छ । दिनभरि एक्लै नातिको हेरविचार गर्नु उहाँको दैनिकी बनिसकेको छ । छोरा बुहारीलाई कलेज र कामको चटारोले बोल्ने फुर्सद सम्म छैन । कहिले काहीं त बोल्नलाई ओंठ खोल्न नपाएको पनि निकै दिन भैसकेको हुन्छ । उहाँको दुखेसो छ । कहिले काहीं त दिक्क लाग्छ,चितवन घर भएका लामिछाने भन्नुहुन्छ–यहाँको दैनिकी त मेशिनको जस्तै रहेछ ।

दिनभरि एक्लै नातिको हेरविचार गर्नु उहाँको दैनिकी बनिसकेको छ । छोरा बुहारीलाई कलेज र कामको चटारोले बोल्ने फुर्सद सम्म छैन । कहिले काहीं त बोल्नलाई ओंठ खोल्न नपाएको पनि निकै दिन भैसकेको हुन्छ । उहाँको दुखेसो छ । कहिले काहीं त दिक्क लाग्छ,चितवन घर भएका लामिछाने भन्नुहुन्छ–यहाँको दैनिकी त मेशिनको जस्तै रहेछ ।

झापाबाट सिड्नी आउँनुभएका कृष्णप्रसाद शिवाकोटी वर्ष ५८ को अनुभव पनि हरिकलाको भन्दा फरक छैन । पाँच वर्ष अघि श्रीमतिको निधन भएपछि एक्लिनुभएका उहाँ छोरा बुहारीको करकापमा एक वर्ष अघि यता आउँनुभएको थियो । छोरा बुहारीसँगै नातिनीको साथमा बस्न पाइने भयो । मेरो एक्लोपनपनि मेटिने भयो भनेर खुशी भएको थिएँ । तर यहाँ आए पछि ठीक उल्टो वातावरण पाएँ । उहाँ थप्नुहुन्छ–छोरा छोरी काममै व्यस्त । त्यसैले मेरो काम भने ४ वर्षीया नातिनीलाई स्कूल पठाउँनु र ल्याउँनु भन्दा केही छैन । गाउँमा भए बोलेर मनको भावना साटासाट गर्नलाई साथी भाइ र आफन्तहरु हुन्थे तर यहाँ त त्यो पनि छैन । उहाँले दिक्क मान्नुभयो ।

छोरा बुहारीसँगै नातिनीको साथमा बस्न पाइने भयो । मेरो एक्लोपनपनि मेटिने भयो भनेर खुशी भएको थिएँ । तर यहाँ आए पछि ठीक उल्टो वातावरण पाएँ । उहाँ थप्नुहुन्छ–छोरा छोरी काममै व्यस्त । त्यसैले मेरो काम भने ४ वर्षीया नातिनीलाई स्कूल पठाउँनु र ल्याउँनु भन्दा केही छैन ।

मेलबर्नमा बस्दै आउँनुभएका जीतबहादुर राई ६२ वर्षको हुनुभयो । अहिले उहाँलाई राति फिटिक्क निन्द्र लाग्दैन । त्यसैले डाक्टरको सल्लाहमा ६ महिनादेखि निन्द्र लाग्ने औषधी खाँदै आउँनुभएको छ । मेलबर्नमा छोरा बुहारीसँगै बस्न आएपछि आफ्नो यस्तो अवस्था भएको उहाँको भनाइ छ । डाक्टरले नभने पनि पेशाले शिक्षकबाट अवकाशप्राप्त उहाँलाई थाहा छ–उहाँ डिप्रेशनको शिकार हुनुभएको । अष्ट्रेलियामा आएर मैले डिप्रेशनसँग दोस्ती गर्न पाएको छु । तर यो मेरो मात्र नभएर यहाँ आउँने अधिकांश जेष्ठ अभिभावकहरुको समस्या रहेछ । त्यसैले चित्त बुझाइरहेको छु । उहाँलाई लागेको छ–नेपालमै भएको भए म अझ बढी खुशी हुन्थें हूँला ।

अष्ट्रेलियामा आएर मैले डिप्रेशनसँग दोस्ती गर्न पाएको छु । तर यो मेरो मात्र नभएर यहाँ आउँने अधिकांश जेष्ठ अभिभावकहरुको समस्या रहेछ । त्यसैले चित्त बुझाइरहेको छु । उहाँलाई लागेको छ–नेपालमै भएको भए म अझ बढी खुशी हुन्थें हूँला ।

यी प्रतिनिधि पात्रहरुले अष्ट्रेलियामा रहनुभएका आम नेपाली जेष्ठ अभिभावकहरुको साझा अवस्था र व्यथालाई उजागार गर्दछ । आफ्ना सन्तानहरुसँगको सामीप्यता र उनीहरुका सन्तानको हेरचाहका लागि शुरुमा रमाउँदै आएका अभिभावकहरु यहाँको व्यस्त र मेशिनको जीवन निरस जीवनशैलीका कारण निराश छन् । आफ्नै छोरा बुहारीसँगै राम्रो कुराकानीसम्म गर्न नपाउँने उनीहरु दिनभरि घरभित्रै बन्दीको जस्तो जीवन जीउन बाध्य छन् । यसले गर्दा धेरै जेष्ठ अभिभावकहरुमा डिप्रेसन लगायतका विभिन्न मनोरोगहरु बढ्दै गएको पाइएको छ ।

हाम्रो नेपाली जीवनशैली निकै स्वतन्त्र र विन्दास किसिमको छ । त्यसैले त्यस्तो जीवनशैलीबाट एकैचोटि यहाँको मेशिनको जस्तो जीवनशैलीलाई अँगाल्नुपर्दा धेरै गाह्रो भैरहेको छ । भक्तपुरबाट ३ वर्ष अघि आउँनुभएका मोहन सैंजुले भन्नुभयो । छोरी ज्वाइँको करकापमा अष्ट्रेलिया आउँनुभएका सैंजु अब छिट्टै नेपाल फर्कने योजनामा हुनुहुन्छ । अझै म यही बसिरहें भने डिप्रेसनले पूरै बहुलाउँछु होला ।

अष्ट्रेलियामा अहिले नेपालीहरुको संख्या बढेसँगै उनीहरुका अभिभावकहरको संख्या पनि बढेका छन् । तर यसरी अष्ट्रेलिया आउँने आधिकांशको उदेश्य छोरा छोरी वा छोरी ज्वाइँका सन्तानको हेरचाह गर्नु रहेको छ । केही भने नेपालमा एक्लो भएर आउँने पनि छन् । तर त्यसरी आउँने प्राय सबै अभिभावकहरु दिनभरि एक्लै कोठामा बस्न बाध्य छन् । एक्लोपन विभिन रोगको घर भने झैं यहाँ आउँने अभिभावकहरुमा छट्पटी,हीनताबोध,एक्लोपन,अरुची र निन्द्र नलाग्ने समस्याहरु बढ्दै गएको उनीहरुका यस्ता अनुभवले कतै हामीले हाम्रा अभिभावकहरुमाथि अन्याय पो गरिरहेका छौं कि भन्ने सोच्नपर्ने बेला आएको छ । हाम्रो सजिलोका लागि उहाँहरुको जीवनलाई अप्ठ्यारोमा पारिरहेका छौं कि ? मेलबर्नमा अध्ययनरत विद्यार्थी विद्या पाण्डेको कथन छ ।

अष्ट्रेलियामा अहिले नेपालीहरुको संख्या बढेसँगै उनीहरुका अभिभावकहरको संख्या पनि बढेका छन् । तर यसरी अष्ट्रेलिया आउँने आधिकांशको उदेश्य छोरा छोरी वा छोरी ज्वाइँका सन्तानको हेरचाह गर्नु रहेको छ । केही भने नेपालमा एक्लो भएर आउँने पनि छन् । तर त्यसरी आउँने प्राय सबै अभिभावकहरु दिनभरि एक्लै कोठामा बस्न बाध्य छन् ।

Comments