टोक्यो । फोहोरको थुप्रोमा २ करोड ३० लाख येन भेटिएपछि जापान प्रहरी हैरान फोहोरको थुप्रोमा २ करोड ३० लाख येन भेटिएपछि जापान प्रहरी हैरान भएको छ ।

जापानको क्योटोमा एक फ्याक्ट्रीको फोहोर फाल्ने ठाउँमा पोको पारेर राखेको अवस्थामा उक्त ठूलो धनराशी फेला परेको हो । यसको मालिक अझै सम्पर्कमा नआएकोले प्रहरी थप हैरान बनेको छ ।

गत अप्रिल १३ तारिखको साँझ ७ बजेति मिनामी वार्डमा रहेको फोहोर पेल्ने कम्पनीका कामदारहरुले फोहोरको चाङमा उक्त रकम बरामद गरेका थिए । सबै नोट १०,००० येनको भएको र केही नोट कुहिने अवस्थामा पुगेको बताइएको छ । उक्त कम्पनीमा क्योटोको दक्षिण भेगका फ्याक्ट्रीहरुबाट संकलित फोहोर पेल्ने गरेकोले त्यसै क्षेत्रका कुनै कम्पनीबाट झुक्किएर उक्त रकम फोहोरमा मिसिएर आएको अनुमान गरिएको छ ।

प्रहरीले सबुत प्रमाण सहित फेला परेको रकमको मालिकलाई मिनामी प्रहरी स्टेशन अथवा फोन नम्बर ०७५६८२०११० मा सम्पर्क गर्न अनुरोध गरेका छन्

Comments