मेलबर्न । अध्ययनका लागि मेलबर्न आएका नेपाली विद्यार्थीहरुको स्वागतमा मेलबर्नमा भव्य कार्यक्रम हुने भएको छ ।

प्रवासी नेपाली मञ्च,भिक्टोरियाले वार्वेक्यू सहितको स्वागत कार्यक्रमको आयोजना गर्न लागेको हो । कोबर्ग लेकमा आगामी मे १ तारिखमा हुने कार्यक्रममा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

बार्बेक्यू कार्यक्रमबाट नेपाली समुदायबीचको एकता मजबुत हुनुका साथै विद्यार्थीहरुबीच भातृत्वको विकास हुने अपेक्षा गरिएको मञ्चका भिक्टोरिया अध्यक्ष कृष्णप्रसाद न्यौपानेले बताउँनुभयो ।

Comments