नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंगापुरबाट उपचार गरेर फर्कने वित्तिकै काँग्रेसले विगतमा एमालेसँग भएको सहमति पूर्ण पालना गर्नुपर्नेमा जोड दिन’भएको छ ।

नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्दा एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमति अक्षरशः पालना हुनुपर्छ,ओलीको भनाइ थियो । एक साता लामो सिंगापुरमा उपचार गराएर फर्किनुभएका अध्यक्ष  ओलीले आज  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सातबुँदे सहमति दराजमा थन्क्याउनका लागि नगरिएको भन्दै सहमतिको पालना नभए सत्ता गठबन्धनमा बाधा पुग्ने चेतावनी समेत दिनुभयो ।

राष्ट्रपति र उपराष्ट्रपति पदका विषयमा व्यवस्थापिका संसदले अनुमोदन गर्नुपर्ने वा नयाँ निर्वाचनमा जाने बाहेक अरु विकल्प नभएको स्पष्ट पार्नुभयो ।

Comments