काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वतन्त्रता र सार्वभौमिकतालाई सम्मान मित्रराष्ट्रहरुलाई आग्रह गर्नुभएको छ ।

उहाँले नेपाल एउटा स्वतन्त्र र सार्बभौम देश भएको वताउँदै छिमेकी मित्रराष्ट्रहरुले यसलाई स्वीकार्नु पर्ने वताउनु भएको हो । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जन निर्वाचित संविधानसभाले सफलतापूर्वक संविधान जारी गरेपछि तिब्र विकासको फड्कोमा मुलुकलाई लैजान चाहेको पनि वताउनुभयो ।

युरोपियन युनियन र भारतले नेपालको संविधान अपूर्ण रहेको आशय सहित संयुक्त वक्तब्य जारी गरेका बेला प्रधानमन्त्री ओलीले दुनियाँका कुनै पनि लोकतन्त्रमा सर्बसम्मती हुन नसकेको समेत वताउनुभयो । संविधानसभाले सफलतापूर्वक संविधान जारी गरेको र संविधानमाथि जनताको गुनासो बाँकी नरहेको पनि प्रधानमन्त्री ओलीले वताउनुभयो ।

उहाँले संसारको कुनै पनि लोकतन्त्रमा सर्बसम्मतीको अभ्यास नभएको वताउँदै कतै सर्बसम्मती भए देखाइदिन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले संविधान निर्माणपछि मुलुक आर्थिक विकासको चरणमा प्रवेश गरेको वताउँदै तिब्र विकासको संकल्पमा आफू अग्रसर भएको उल्लेख गर्नु भयो ।

Comments