श्रीकृष्ण सिलवाल,मेलबर्न । मेलबर्नस्थित ल्याट्रोब युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी संगठनको आयोजनामा बार्बेक्यू कार्यक्रम हालै सम्पन्न भएको छ ।

कार्यक्रममा ल्याट्रोब युनिभर्सिटीमा हाल अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुका साथै पूर्व विद्यार्थीहरु समेत सहभागी भएका थिए । एउटै यूनिभर्सिटीमा अध्ययन गर्ने भए पनि नेपाली विद्यार्थीहरुबीच समेत परिचय नहुँने अवस्थाको अन्त्य गर्न एक अर्कामा परिचय आदानप्रदान गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष कविन चौधरीले बताउँनुभयो ।

विद्यार्थी संगठनले आगामी दिनहरुमा पनि नेपाली विद्यार्थीहरुलाई एकै ठाउँमा एकीकृत गरि आ आफ्नो समस्या र आफूसँग भएका आइडियाहरु राख्ने उपर्युक्त प्लेटफर्म उपलब्ध गराउँने विभिन्न कार्यक्रमहरु आयोजना गर्दै लैजाने चौधरीले बताउँनुभयो ।
ल्याट्रोब यूनिभर्सिटीमा अध्ययनरत विद्यार्थीहरुलाई एकीकृत गर्दै उनीहरुलाई आइपर्ने विभिन्न समस्याहरुको सामूहिक रुपमा समाधान खोज्ने उदेश्यले सन् २०१२ मा यो नेपाली विद्यार्थी संगठनको स्थापना गरिएको थियो ।

उक्त यूनिभर्सिटीमा अहिले पनि थुप्रै नेपाली विद्यार्थीहरु विभिन्न विषय र तहमा अध्ययनरत छन् ।

Comments