काठमाडौं । गत वैशाखमा गएको महाभूकम्पको एक वर्ष पुग्नै लाग्दा पनि नेपालीहरुको मनमा अझै उस्तै त्रास बाँकी छ । यति मात्र होइन फेरि त्यस्तै महाभूकम्प दोहोरिने हो कि भन्ने आशंका पनि छ । अर्काे भूकम्पको सम्भावना अध्ययन गरेका संस्थाहरुले भने फरक फरक निश्कर्ष निकालेका छन् ।

अमेरिका, जापान, फ्रान्स र नेपालकै नास्टले पनि छुट्टा छुट्टै अध्ययन गरेका थिए । अध्येता मध्ये कतिपयले अझै ठूलो भूकम्प आउन सक्ने र त्यो छिटो वा ढिलो हुन सक्ने निश्कर्ष निकालेका छन् भने कतिपयले धेरै इनर्जी रिलिज भइसकेकाले ठूलो भूकम्पको सम्भावना नरहेको निश्कर्ष निकालेका छन् ।
गत बैशाख १२ गते नेपालमा गोरखाको वारपाक केन्द्र विन्दु बनाएर ७ दशमलव ६ म्याग्नेच्युडको भूकम्प आएको थियो । ठूलो

भूकम्प आएपछि लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रले २४ घण्टा नै ड्युटीमा कर्मचारी खटाएको छ । केन्द्रले अहिले विभिन्न अन्तराष्ट्रिय संघ संस्थासँग मिलेर विभिन्न अध्ययन अनुसन्धान गरिरहेको छ । भूकम्पपछि गोरखादेखि दोलखासम्म १ सय ४० किलोमिटर बीचका भूकम्पले क्षति पारेका प्लेटहरुको अध्ययन अहिले गरिरहेको केन्द्रका प्राविधिक प्रमुख उमेशप्रसाद गौतमले वताउनुभयो । केन्द्रले ग्लोवल पोजिसिङ सिस्टम जिपिएसले ती भूकम्पको कम्पनबाट हल्लिएका प्लेटहरुको अध्ययन गरिरहेको छ ।

जमिन फाटेको नदेखिएपछि ठूलो इनर्जी नरहेको केन्द्रले निश्कर्ष निकालेको छ । केन्द्रले अहिले पनि बैशाख १२ गतेको ठूलो भूकम्पको शक्ति क्षिण भने भइनसकेको दावी गरेको छ ।

केन्द्रले फ्रान्स र अमेरिकाको सहयोगमा ती प्लेटहरुको अध्ययन गरिरहेका हो । इण्डियन प्लेट र तिब्बतियन प्लेटबीच घर्षण हुँदा बैशाख १२ गतेको भूकम्प आएको हो । प्रत्येक बर्ष २ सेिन्टमिटरका दरले इण्डियन प्लेटले तिब्बतियन प्लेटलाई धकेल्ने गर्दछ । यस्तै केन्द्रले भूकम्प आएपछि जमिनमा केही दरार उत्पन्न गरेको भनी अध्ययन गरेको थियो । चुरे क्षेत्रदेखि दोलखासम्म १ सय ४० किलोमिटर क्षेत्रमा अध्ययन गरेको थियो । अध्ययनबाट कुनै जमिन नफाटेको पाइएको गौतमले जानकारी दिनु भयो । ‘सामान्यता यति ठूलो भूकम्प आइसकेपछि जमिनमा केही दरार उत्पन्न हुनुपर्ने हो’ उहाँको भनाई थियोे, ‘तर हामीले धेरै पटक अध्ययन गर्यांै । स्याटेलाइटले खिच्दा पनि त्यस्तो फाटेको देखेनौं ।’ जमिन फाटेको नदेखिएपछि ठूलो इनर्जी नरहेको केन्द्रले निश्कर्ष निकालेको छ । केन्द्रले अहिले पनि बैशाख १२ गतेको ठूलो भूकम्पको शक्ति क्षिण भने भइनसकेको दावी गरेको छ । ‘बैशाख १२ को भूकम्पको शक्ति अझै क्षिण भइसकेको छैन’ उहाँले भन्नु भयो, ‘जसले गर्दा अहिले पनि पराकम्पन आइरहेका छन् ।’ अहिले ४ म्याग्निच्युट भन्दा माथिका ४ सय ४० पराकम्पन आएका छन् ।

उता कतिपय अध्ययनले भने अझै शक्ति क्षिण नभइसकेकोले अझै ठूलो भूकम्प आउने दावी गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले भूकम्पको शक्ति अझै रिजिल नभएको दावी गर्दै ठूलो भूकम्प आउने सम्भावना केलाएका छन् । तर, बैज्ञानिकले कहिले आउँछ भनेर ठोकुवा भने गरेका छैनन् । अझै शक्ति रिलिज नभएकोले ठूलो भूकम्प आउने भनिए पनि उनीहरुले एक हप्ता, एक बर्ष वा २० औं बर्षमा पनि आउन सक्ने उल्लेख गरेका छन् । तर गौतमले साना साना पराकम्पन आइरहेकोले शक्ति रिलिज भइरहेको दावी गर्नुभयो ।

कतिपय अध्ययनले भने अझै शक्ति क्षिण नभइसकेकोले अझै ठूलो भूकम्प आउने दावी गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले भूकम्पको शक्ति अझै रिजिल नभएको दावी गर्दै ठूलो भूकम्प आउने सम्भावना केलाएका छन् । तर, बैज्ञानिकले कहिले आउँछ भनेर ठोकुवा भने गरेका छैनन् ।

Comments