एजेन्सी । बेल्जियमको बर्सेल्सको जाभेन्टम विमानस्थलमा मंगलबार दुई वटा बम बिस्फोट भएका छन्।

बिबिसीका अनुसार सामाजिक सञ्जालमा विमानस्थलमा धुवाँको मुस्लो निस्केको तस्बिरहरु सार्वजनिक भएपनि विमानस्थलमा कस्ले, किन बिस्फोट गराएको भन्ने विस्तृत विवरण आइसकेको छैन। बिस्फोटमा केही यात्रु घाइते भएको र विमानस्थलका सिसा फुटेको बताइएको छ।

पेरिस हमलाका मुख्य अभियुक्तलाई पक्राउ गरेको चारदिनपछि विमानस्थलमा बिस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

बिस्फोट भएपछि विमानस्थल बन्द गरिएको छ। विमानस्थलमा अवतरण गर्न लागेका विमानहरु अाकाशमा घुमिरहेका छन्।

Comments