मेलबर्न । भिक्टोरियामा खराब मौसमसँगै परेको भीषण वर्षा र हुरी बतासले रुख ढलेर विभिन्न ठाउँमा क्षति गरेको छ ।

सडक किनाराहरुमा रहेका रुखहरु ढल्दा सवारी आगमन समेत प्रभावित भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भिक्टोरियाको विधा भेलस्थित आवास क्षेत्रमा भीषण वर्षा र आँधीका कारण घरको छानो भत्कदा छिमेकीको घरमा समेत क्षति पुगेको छ । त्यस क्षेत्रका अरु घरहरु समेत भत्किएका छन् । विगत २४ घण्टामा राज्यको आकस्मिक सेवा केन्द्रमा ४ सय भन्दा बढी फोन कलहरु आएकोमा १३६ टेलिफोन कल घरमा पुगेको क्षतिका बारेमा भएको बताइएको छ ।

राज्य सरकारले सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा जान आग्रह सहितको सूचना जारी गरेको एविसी टेलिभिजनले जनाएको छ ।

Comments