काठमाडौँ । नेपाली कांग्रेसको १३औं महाधिवेशनको उद्घाटन कार्यक्रमका भूलवश राष्ट्रिय गान र सुशील कोइरालाको अपमान हुने काम भएको छ । संचालकको कमजोरीका कारण कार्यक्रममा राष्ट्रिय गान तथा कोइरलप्रति मौन धारण कार्यक्रम हुन सकेन।

कार्यक्रम संचालकको रुपमा कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेष तिवारीले कार्यक्रमको संचालन गर्दै नेताहरुलाई मन्चमा आमन्त्रण गर्दै कार्यक्रममा राष्ट्रिय गीत गाउन केही कलाकारलाई समय दिए। त्यसपछि उनले पार्टीको औपचारिक उद्घाटन गर्न कार्यबहाक सभापति रामचन्द्र पौडेललाई पानसमा बत्ति बाल्न समय दिए।

त्यसपछि तिवारीले कार्यक्रममा उपस्थित सबै सहभागीलाई स्वागत गर्न काठमाडौं जिल्ला पार्टी सभापति सबुज बानियाँलाई स्वागत मन्तव्यका लागि समय दिएका थिए।

त्यस लगत्तै प्रचार समितिले पार्टी नेता विपी कोइराला र सुशील कोइरालाको सम्झनामा स्मारिका विमोचन गर्न समय दिए।

Comments