अल्जेरियाको राष्ट्रिय ध्वजावाहक एअर अल्जेरियाको ‘एएच ५०१७’ विमान सम्पर्कविहीन भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन्  । क्वागडाउगोउबाट बुर्किना फासोका लागि उडेको विमान उडान भरेको ५० मिनेटमै सम्पर्कविहीन भएको अल्जेरियाको सरकारी सञ्चार एजेन्सीले जनाएको हो ।

विमानस्थलका अधिकारीहरुले भनेका छन् , अल्जेरियाको सिमा नजिक पुग्दा भिजिबिलिटि निकै कम भएको  जानकारी प्राप्त गरेका थियौं , सोहि रुटबाट  आइ रहेको अर्को विमान सँग ठोक्किने सम्भावना देखिए पछी हामीले बिमानको बाटो परिवर्तन गर्न निर्देशन दिएका  हौँ | 

 विमानमा एक सय १० जना यात्रु र चालक दलका ६ सदस्यसहित १ सय १६ जनासवार रहेको जनाएका छन् ।

 

 

Comments