काठमाडौं । हलिउड चलचित्रको सबै भन्दा ठूलो र सम्मानित एकेडेमी अवार्डको ८८ औं संस्करण सम्पन्न भएको । ओस्कार अवार्डका नामले चिनिने अवार्ड वितरण कार्यक्रम अमेरिका लस एन्जल्सको हलिउडमा रहेको डोल्बी थिएटरमा भएको हो ।

विभिन्न २४ विधामा अवार्ड प्रदान गरिएको छ । चलचित्र स्पटलाइटले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्यो । यस्तै अभिनेता लियोनार्डो डिक्याप्रियोले चलिचत्र द रेवेनान्टबाट सर्वोत्कृष्ट अभिनेता तथा चलचित्र रुमबाट ब्री लार्सनले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । सर्वाधिक १२ विधानमा मनोनयनमा परेको द रेवेनान्टका निर्देशक एलेजान्ड्रो गोन्जालेज इनारितु सर्वोत्कृष्ट निर्देशकको अवार्ड जिते ।

ओस्कार अवार्ड जित्ने चलचित्र, अभिनेता र अभिनेत्री

सर्वोत्कृष्ट चलचित्र : स्पटलाइट

उत्कृष्ट निर्देशक : एलेजान्ड्रो गोन्जालेज इनारितु (द रेवेनान्ट)

सर्वोत्कृष्ट अभिनेता : लियोनार्डो डिक्याप्रियो (द रेवेनान्ट)

सर्वोत्कृष्ट अभिनेत्री : ब्री लार्सन (रुम)

सर्वोत्कृष्ट सहअभिनेता : मार्क रायलन्स (ब्रिज अफ स्पाइस)

सर्वोत्कृष्ट सहअभिनेत्री : एलिसिए विकान्डेर (द डेनिस गर्ल)

सर्वोत्कृष्ट लाइभ एक्सन सर्ट फिल्म : स्टटरा

सर्वोत्कृष्ट ओरिजिलन स्कोर : द हेटफुल एट

सर्वोत्कृष्ट ओरिजिनल सङ : राइटिङग्स अन द वाल (स्पेक्टर)

सर्वोत्कृष्ट ओरिजिनल स्क्रिनप्ले : स्पटलाइट

सर्वोत्कृष्ट एडप्टेड स्क्रिनप्ले : द विब सर्ट

सर्वोत्कृष्ट मेकअप एण्ड हेयरस्टाइलिङ : म्याड म्याक्स फ्युरी रोड

सर्वोत्कृष्ट कस्ट्युम डिजाइन : म्याड म्याक्स फ्युरी रोड

सर्वोत्कृष्ट प्रोडक्सन डिजाइन : म्याड म्याक्स फ्युरी रोड

सर्वोत्कृष्ट सिनेम्याटोग्राफी : द रेभेनान्ट

सर्वोत्कृष्ट साउण्ड एडिटिङ : म्याड म्याक्स फ्युरी रोड

सर्वोत्कृष्ट साउण्ड मिक्सिङ : म्याड म्याक्स फ्युरी रोड

सर्वोत्कृष्ट फिल्म एडिटिङ : म्याड म्याक्स फ्युरी रोड

सर्वोत्कृष्ट भिजुअल इफेक्टस : एक्स माकिना

सर्वोत्कृष्ट एनिमेटेड सर्ट फिल्म : बिएर स्टोरी

सर्वोत्कृष्ट एनिमेटेड फिचर फिल्म : इनसाइड आउट

सर्वोत्कृष्ट डकुमेन्ट्री (फिचर) : एमी

सर्वोत्कृष्ट डकुमेन्ट्री (छोटो विषय) : अ गर्ल इन द रिभर–द प्राइस अफ फरगिभनेस

सर्वोत्कृष्ट फरेन ल्यांग्वेज फल्मि : सन अफ सउल (हंगेरी)

Comments