सोलुखुम्बु । सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा अवतरण भएको विमानमा बम नरहेको पुष्टी भएको छ ।

काठमाडौंबाट लुक्लाका लागि उडेको सिम्रिक एयरको जहाजभित्र बम भएको पर्चा भेटिएपछि विमानस्थलमा उडान अवतरण रोकिएको थियो ।

तर विमानमा बम नरहेको पुष्टी भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । प्राधिकरणका अनुसार सोमबार बिहान काठमाडौंबाट उडेको सिम्रिक एयरको जहाज लुक्लामा अवतरण भएपछि सामान राख्ने ठाउँमा ‘जहाजमा बम छ सावधान’ भनेर लेखिएको कागज भेटिएको थियो ।

त्यो कागज विमानस्थल सुरक्षा गार्डलाई दिइएको र छानबिन गर्दा बम नरहेको पुष्टी भएको प्राधिकरणले जनाएको छ । विमानमा बम रहेको हल्लापछि बन्द भएको विमानस्थल संचालनमा आएको छ ।

Comments