एजेन्सी । भारतले विश्वकै सबैभन्दा सस्तो स्मार्टफोन निर्माण गरेको छ । यसको मूल्य ५०० भारु अर्थात ८ सय नेपाली रुपैयाँ रहेको छ । रिङगिङग बेल्स कम्पनीले बनाएको यो स्मार्टफोनको भारतमा बिहीबारदेखि बुकिङ सुरु भएको छ ।

यो स्मार्टफोनमा ८ जिबीको स्टोरेज क्षमता तथा अगाडि र पछाडि दुवै तिर क्यामेरा रहेको छ । अझ भारतीय सञ्चार माध्यमले त यसको मूल्य २५१ भारु अर्थात नेपाली रुपैयाँ चार सय एक रुपैयाँ ६० पैसा पर्ने जनाएका छन् । भारत विश्वको दोस्रो ठूलो मोबाइल बजार भएको देश हो । भारतमा १० करोड भन्दा धेरै मोबाइल प्रयोकर्ता रहेका छन् ।

अहिले विदेशबाट पाटपुर्जा ल्याएर भारतमा बनाइएको यो फोनको एक वर्ष भित्र सम्पूर्ण पाटपुर्जा पनि भारतमा नै बनेको प्रयोग गरिने कम्पनीले उल्लेख गरेको छ । यो फोन कम आर्थिक स्रोत भएका ग्राहकहरुका लागि लक्षित गरेर बनाइएको कम्पनीले जनाएको छ ।

Comments