काठमाडौं । युवा निर्देशक निश्चल बस्नेत बैबाहिक बन्धनमा बाँधिएका छन् ।

बुधबार हिन्दु परम्परा अनुसार निश्चलले मोडल तथा अभिनेत्री स्वस्तिमा खड्कासँग लगनगाँठो बसको हुन् । काठमाडौंको तिनकुने स्थित एक पार्टीहलमा उनले तामझामका साथ स्वस्तिमाको सिउँदोमा सिन्दुर छरे ।

३४ बर्षे निश्चलले आफूभन्दा १४ बर्ष कान्छी २० वर्षीया स्वस्तिमासँग लगनगाँठो कसेका हुन् । निश्चल लुट र टुल्के भर्सेस टलकजंग नामक दुई वटा फिल्मका निर्देशक हुन् । ’कबड्डी’ फिल्ममा भने उनी अभिनेता थिए ।

निश्चलले आफ्नो बैबाहिक कार्यक्रममा भने सीमित मात्रै फिल्मकर्मीहरुलाई निम्तो गरेका थिए । उनको बैबाहिक कार्यक्रममा निर्माता माधव वाग्ले, सुनिल रावल, अर्जुनकुमार, निर्देशक दिपेन्द्र के खनाल, प्रोडक्शन कन्ट्रोलर बुद्दिलाल मगर लगायत मात्र उपस्थित थिए । निश्चलकै फिल्मका कलाकारहरु पनि देखिएनन् ।

Comments