एक महिनादेखि अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइराला मंगलबार साँझ काठमाडौँ अवतरण गरेका छन्  ।

अमेरिकामा उनले न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा फोक्सोमा देखिएको समस्याको उपचार गराई कोइराला नेपाल फर्किएका हुन्  । उक्त संक्रमणको रेडियोथेरापी विधिद्धारा उपचार गरिएको थियो । प्रधानमन्त्री कोइरालालाई लामो समयदेखि ब्रोङकाइटिस भएका कारण चिकित्सकहरुले दिएको सल्लाह अनुसार फोक्सोमा देखिएको क्यान्सरको संक्रमणलाई शल्यक्रिया नगरी रेडियोथेरापी विधिमार्फत उपचार गरिएको थियो ।

प्रधानमन्त्री कोइरालाको अनुपस्थितिमा कार्यभार बामदेव गौतमले सम्हाल्दै आएका थिए | 

Comments