–मनोज पौड्याल

सरस्वती परिन् बिद्याकी खानी
भ्यालेन्टाईन परिन् मायाँकी रानी
सरस्वती मातालाई भेटी नैबेद्य र फूलपाती
भ्यालेन्टाईनलाई भने रातो फूल गुलाबी ।

सरस्वती मातालाई पुज्यो बिद्या आउने
भ्यालानेटाईनलाई पुज्यो गोजीको पैसा जाने
भगवानले गर्छन सवैको भलो
प्रेम दिवसले गर्छ मात्र प्रेमीको भलो ।

लाग्छ उरेन्ठ्याउलाले बिर्से रीतिथिति
पछ्याउन थाले बिदेशी सँस्कृति
स्कुलमा भेटिन्नन् केटा केटी
रमाउँछन् डिस्को र पबमा टन्न धोकी ।

लड्डु र पेडा के पो खान्थे
अर्ध नग्नमा ह्विस्की र किस खान पल्के
बा आमा दिन्छन् खर्च पुजा भनेर
ठिटा ठिटी उडाउँछन् स्कुल बङ्क गरेर ।

आमाले सोध्छिन् पुजा कस्तो भो भनेर
जवाफ दिन्छन् खै कस्तो भो कस्तो भो भनेर
के गर्नु बेलाको मोज पछिको बोझ
आमाबालाई झक्याउने कस्तो निकम्मा सोच ।

आमाबाउको मन छोरा छोरी माथि
छोरा छोरीको मन ढुङ्गा मुडा माथि ।।

Comments