काठमाडौं । १२ औं सागको पुरुष फुटबल अन्तर्गत नेपालले बिहीबार बंगलादेशसँग खेल्दैछ ।

आजको खेल नेपालले समूह विजेता बन्नका लागि खेल्नेछ । आजको जित हारले नेपाललाइ सेमीफाइनलमा प्रवेश गर्नबाट रोक्ने छैन । किनभने समूहको एक खेल खेल्नु अघि नै नेपाल सेमीफाइनलमा प्रवेश गरिसकेको छ ।

नेपाल र बंगलादेशबिचको खेल भारतको गुवाहटीमा दिउँसो सवा दुई बजेपछि सुरु हुनेछ । नेपाल आजको खेलमा विजयी भए वा बराबरी गर्न सके समूह ‘बी’ को विजेता बन्ने छ । सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएकोमा नेपाल बंगलादेश र भुटानसहित समूह ‘बी’ मा छ ।

समूह ‘ए’ मा भारत, माल्टिभ्स र श्रीलंका छन् । नेपालले यसअघि भएको खेलमा भुटानलाई ५–० ले हराएको थियो । समूह ‘ए’ बाट माल्दिभ्स समूह विजेता तथा भारत उपविजेतको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

Comments