काठमाडौँ । सभापति सुशील कोइरालाको निधनसँगै नेपाली कांग्रेसले महाधिवेशन हाललाई स्थगित भएको छ ।

महाधिवेशन स्थगितको औपचारिक निर्णय गर्न कांग्रेसले मंगलबार केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको छ ।

कांग्रेसको पूर्व निर्धारित निर्वाचन तालिका अनुसार अधिकांश जिल्लामा जिल्ला अधिवेशन सोमबार भएको छ भने केही जिल्लामा जिल्ला तथा क्षेत्रिय अधिवेशन मंगलवार हुने कार्यक्रम थियो। कोइरालाको निधनसँगै जिल्लादेखि केन्द्र सम्मका निर्वाचन कार्यक्रम हाललाई स्थगित हुने महामन्त्री प्रकाशमान सिंहले बताउनुभयो ।

Comments