काठमाडौँ। तीन दल र मधेशी मोर्चा सहभागी कार्यदलमा मधेशी मोर्चाले सिमाकंन टुङ्ग्याउन राजनीतिक संयन्त्र मान्न सहमति जनाएको छ।

सिंहदरबारमा शनिवार साँझ वसेको मोर्चा र प्रमुख दलको वैठकमा सिमाकंन टुङ्ग्याउनको लागि प्रमुख तीन दलले मधेसी मोर्चा समक्ष राखेको पाँच बुदेँ प्रस्ताव सकारात्मक भएको मोर्चाले जनाएको हो । सिमाकंन टुङ्ग्याउन राजनीतिक संयन्त्र मान्न तयार भएपनि संयन्त्रको टिओआरमा भने सहमति हुन बाँकी छ।

बैठकमा सहभागी सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले शनिवारको वार्ता सकारात्मक भएको बताउनुभयो ।

Comments