पर्सा । वीरगञ्जमा बुधवार व्यापारीहरुले धर्नामा बसेकामधेसी मोर्चाकाकार्यकर्ताहरुलाई लखेटेर सामान भित्र्याएका छन् । रक्सौल नाका ठप्प पार्न भन्दै मितेरी पुलमाधर्नामा बसेकामधेसी मोर्चाकाकार्यकर्ताहरुलाई लखेटेर व्यापारीहरुले सामानहरु नेपाल भित्राएपछि बुधवार वीरगंजबजार तनावग्रस्त बन्नपुगेको छ ।

धर्नामा बसेकाआन्दोलनकारीहरुले ‘तस्कर’हरुले आफूहरुलाई आक्रमण गरेको र सामान नेपालभित्राएर महंगो मूल्यमा बेच्ने गरेको दाबी गरेका छन् । उनीहरुलाई नेपाल र भारतका सुरक्षाकर्मीहरुले पनि साथदिएको आन्दोलनकारीहरुको आरोप छ ।

पछिल्लो समय आन्दोलनकारीको संख्याकमभएकाले व्यापारीहरुको प्रतिकार गर्न सकेका छैनन् । सामानपास गरेर नसकुन्जेल चुपचाप हेरिरहनु र सामानभित्राइसकेपछि पुनःधर्नामाबस्नु अहिले आन्दोलनकारीहरुको दैनिकीबनेको छ । त्यसैको विरोधमाबुधवार आन्दोलनकारीहरुले बजार बन्द गराएकाहुन् । विगत केहीदिन देखि वीरगंजकापसल , कलकारखाना र सानो तथालामो दुरीका सवारी साधनहरु निर्वाध रुपमा चलेका छन् ।

Comments