मेलबर्न । विदेशी विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको कँडेल कन्सल्ट्यान्ट स्थापनाको १० औं वर्षमा प्रवेश गरेको छ ।

स्थापनाको एक दशक पुगेको अवसरमा आफ्नो सफलता र खुशी साटासाट गर्न कँडेल कन्सल्ट्यान्टले आइतवार निशुल्क बार्बेक्यू पार्टीको आयोजना गरेको थियो । उक्त पार्टीमा सहभागी बन्न अन्तराष्ट्रिय विद्यार्थी,तिनका अभिभावक तथा नेपाली समुदायलाई आह्वान गरे बमोजिम उल्लेख्य संख्यामा सहभागीता रहेको थियो ।

कोबर्ग लेक पार्कमा भएको पार्टीमा सहभागीहरुले कँडेल कन्सल्ट्यान्टको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । त्यस अवसरमा आफूहरुले प्राप्त गरेको विश्वास,साथ र सहयोगका लागि कन्सल्ट्यान्सीले सबैप्रति आभार व्यक्त गरेको थियो ।

1

Comments