काठमाडौँ । बहुप्रतिक्षित पुनर्निर्माण प्राधिकरणको सीईओमा सुशील ज्ञवाली नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको बैठकले ज्ञवालीलाई प्राधिकरणको सीईओमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

खुल्ला प्रतिस्पर्धाबाट नगर विकास कोषको कार्यकारी निर्देशक बनेका ज्ञवालीलाई डेढ वर्ष कार्यकाल बाँकी छँदै सरकारले बहुपतिक्षित पुनर्निर्माण प्राधिकरणको सीईओमा नियुक्त गरेको हो ।

स्थानीय निकायमा २० वर्षे अनुभव बटुलेका ज्ञवाली सिभिल इञ्जिनियर हुनुहुन्छ ।

यसैगरी मन्त्रिपरिषदको बैठकले योजना आयोगमा रित्त रहेका सात सदस्य पद पूर्ति गरेको छ । मन्त्रिपरिषद बैठकले आयोगको सदस्यमा डा विजय कुँवर, कामानन्द देव, डा. सुमित्रा अमात्य, डा. दिपभक्त जोशी,
डा चन्द्रकान्त पौडल, डा.सुनील बाबु श्रेष्ठ र कृपासिन्धु प्रसादलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री राईले जानकारी दिनुभयो ।

Comments