काठमाडौँ ।  राजसंस्था र हिन्दु राज्य माग्दै आन्दोलनरत राष्ट्रिय जनसंघर्ष मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।

शुक्रबार काठमाडौंमा सार्वजनिक गरेअनुसार मंसिर आइतबारदेखि पुस ३ गतेसम्म दैनिक रत्नपार्क शान्तिबाटीका मध्यान्ह १२ बजे जम्मा भएर बसन्तपुर पुगी मोर्चाले विरोधसभा गर्ने छ।

मोर्चामा विभिन्न राजवादी राजनीतिक दल र धार्मिक गरी २४ दल छन्।

मोर्चा संयोजक श्याम तिमल्सिनाले पहिलो चरणमा धर्नालगायतका आन्दोलनका कार्यक्रम सरकारले नसुनेकाले थप आन्दोलनको कार्यक्रम गर्न बाध्य भएको तर्क गरे।

शिव सेना नेपालका नेता विक्रम बमले आफूहरुको आन्दोलन राष्ट्र र राष्ट्रियताको पक्षमा रहेको दाबी गरे।

राष्ट्रिय एकता पार्टीका अध्यक्ष शरदचन्द्र दाहालले जनता बिहान बेलुकाको छाक टार्ने चिन्ताले आक्रान्त बनेको बेला सरकार कुम्भकर्णजसरी निदाएको आरोप लगाए।

स्रोतका अनुसार उनीहरुलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट अप्रतक्ष्य सहयोग हुँदै आएको छ ।

Comments