काठमाडौं । सोमवार बिहानै दोलखा केन्द्रविन्दु भएर पराकम्प गएको छ । बिहान सात बजेर २७ मिनेट जाँदा दोलखा केन्द्र भएर चार रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि एक हप्ता अघि गएको सोमबार बिहान ६ बजेर १० मिनेट जाँदा काठमाडौं केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको छ ।

वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म चार रेक्टर स्केल भन्दा माथिका चार सय १४ भन्दा धेरै पराकम्प गएको केन्द्रले जनाएको छ ।

Comments