काठमाडौ । सरकारले जनताको संविधान जनताकै माझमा भन्ने एक महिने राष्ट्रिय विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

मङ्सिर २१ गतेदेखि पुस २१ गतेसम्म सरकारले विषेश अभियान सञ्चालन गर्ने सरकारकाप्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

मन्त्री राईले संविधानका अन्तरबस्तुलाई बुझाउने गरि अभियान चलाउन लागेको बताउनुभयो । मंसिर २१ गते
प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको काठमाडौमा उद्घाटन गर्नुहुनेछ ।

Comments