मेलबर्न । जिएनसीभी कपको उपाधि यसपटक युनाइटेड क्लबले जितेको छ । आइतवार भएको निकै प्रतिस्पर्धात्मक महाभिडन्तमा यति फुटबल क्लबलाई ३–१ ले पराजित गर्दै युनाइटेड क्लबले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

पहिलो हाफमा फितलो प्रदर्शन गरेको युनाइटेडले दोस्रो हाफमा भने आक्रमक खेल प्रस्तुत गरेको थियो । निर्धारित समयसम्म पनि दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा ३–१ को नतिजा निकालेको  युनाइटेड बलियो प्रतिस्पर्धी यति फुटबल क्लबलाई हराउँदै यस वर्षको च्याम्पियन बन्न सफल भएको हो । युनाइटेडको जीतमा प्रशंसकहरुले पनि खुशी मनाएका थिए ।

मेलबर्नमा रहेको नेपाली क्लबहरुबीच स्वच्छ प्रतिस्पर्धा गराई खेल क्षेत्रको विकास गर्ने उदेश्यले जिएनसीभी कपको आयोजना गरिएको संयोजक सञ्जय राईले बताउँनुभयो । उहाँले यसपटक निकै सौहर्दपूर्ण वातावरणमा प्रतियोगीता सम्पन्न भएको बताउँनुभयो । आउँदो दिनहरुमा पनि यस्तै खालको खेल गतिविधिहरु गर्दै जाने प्रष्ट पार्नुभयो ।

Comments