मेलबर्न । मेलबर्नमा नेपाली समुदायमा क्रिकेट खेलको विकास र नेपाली कला संस्कृतिको संरक्षणका लागि क्रियाशील द हिमालयन क्लबको वार्षिक साधारण सभा आइतवार सम्पन्न भएको छ ।

विभिन्न सांस्कृतिक र सामाजिक कार्यक्रमहरुको आयोजना गर्नुको साथै नेपाली समुदायका बालबालिका र युवाहरुलाई क्रिकेट खेलको आधारभूत प्रशिक्षण दिदै आएको क्लबले आगामी दिनहरुमा पनि यसैलाई निरन्तरता दिदै जाने क्लबका अध्यक्ष बम योञ्जनले बताउँनुभयो । यसका लागि क्लबले साधरण र पारिवारिक गरी दुई किसिमको सदस्यताको व्यवस्था गर्दै आएको पनि उहाँले बताउँनुभयो । क्लबको सदस्यता लिइसकेपछि सदस्यहरुले कँडेल कन्सल्टेन्सी,गुर्खाज ब्रुन्सवीक,आरजिआइटी,ओजेड च्वाइस फाइनान्स लगायतमा २० देखि ३० प्रतिशतसम्म डिस्काउन्ट प्राप्त गर्न सकिने क्लबका सचिव केशव सापकोटाले बताउँनुभयो ।

kandelद हिमालयन क्लबले आफ्नो आधिकारिक वेवसाइट पनि शनिवार नै सार्वजनिक गरेको छ । यसैबीच क्लबलाई कँडेल कन्सल्टेन्सीले अफिसियल रुपमै प्रायोजन गर्ने भएको छ । द हिमालयन क्लब जस्तो नेपाली समुदायमा आफ्नो छुट्टै ब्रान्ड बनाउँन सफल क्लबका कार्यक्रमहरुलाई प्रायोजन गर्न पाउँदा निकै खुशी लागेको कँडेल कन्सल्टेन्सीका प्रमुख राज कँडेलले बताउँनुभयो । उहाँले राम्रो कामहरुमा आउँदा दिनमा पनि आफूहरुको सधैं साथ रहिरहने विश्वास दिलाउँनुभयो ।

Comments