काठमाडौं । सोमवार अष्ट्रेलियन डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले सोमवारका लागि अष्ट्रेलियन एक डलरको खरीददर ७३ रुपैयाँ ९९ पैसा तोकेको छ ।

यस्तै अष्ट्रेलियन एक डलरको विक्री दर भने ७४ रुपैयाँ ४१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार सोमवार अमेरिकी डलरको भाउ भने स्थिर रहेको छ । जसअनुसार सोमवार एक अमेरिकी डलरको खरीद दर १०४ रुपैयाँ ९२ पैसा र विक्री दर १०५ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

 

Comments