काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मधेशको आवश्यकता अनुरुप दुई प्रदेश बनाउनुपर्ने धारणा राख्नुभएको छ ।

उहाँले जारी संविधान विश्वकै उत्कृष्ट संविधान भनेर प्रचारप्रसार गरेपनि विभिन्न वर्ग र समुदायलाई सम्बोधन गर्न नसकेको जिकिर गर्नुभयो ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलन र संघर्षलाई अहिलेको संविधानले सम्बोधन गर्न चुकेको दाबी गर्नुभयो । त्यसैको परिणाम स्वरुप अहिलेको विषम अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले सीमांकनको मुद्दा नसचिएसम्म अहिलेको मधेश समस्या कुनै पनि हालतमा समाधान नहुने धारणा पनि व्यक्त गर्नुभयो ।

पूर्व प्रधानमन्त्री भट्टराईले दुईसय पचास भन्दा बढी शासन सत्तामा रहि शासनको बागडोर आफ्नो हातमा लिएका खस वर्गको अधिनायकवाद सोचको अन्त्य नभएसम्म देश विकासको गतिमा अघि बढ्न नसक्ने बताउनुभयो ।

भट्टराईले देशलाई अब नयाँ सोच र सबैलाई समान अवसर दिई अघि बढाउने शक्तिको आवश्यक भएको बताउँदै त्यसमा आफू लागि परेको धारणा राख्नुभयो । साथै उहाँले छिट्टै नयाँ शक्तिको उदयको थालनी गर्ने उद्घोष पनि गर्नुभयो ।

Comments