मेलबर्न । लामो समयदेखिको वहसपछि मेलवर्नका नेपाली युवाहरु संगठित भएका छन् । नेपाली युवाहरुले हालै नेप्लीज युथ एशोसियसन,मेलबर्न नामक संस्था समेत गठन गरेका छन् ।

विशेष गरी मेलबर्नमा रहेका नेपाली युवा र विद्यार्थीहरुलाई प्रोत्साहित र संगठित गर्ने उद्देश्यले युवा संस्थाको स्थापना गरिएको एशोसियसनले जनाएको छ । सामाजिक र गैर नाफामुखी संस्थाका रुपमा दर्ता गरिएको एशोसियसनले नेपाली कला,संस्कृति र चाडपर्वहरुको प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्य समेत राखेको छ । यस्तै अष्ट्रेलिया र नेपालमा रहेका विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वयमा विभिन्न कार्यक्रम गर्ने  लक्ष्य पनि एशोसियसनले लिएको छ ।

यो संस्था मेलबर्नमा सक्रिय युवाहरु सुमन देउजा,श्रीकृष्ण सिलवाल,सञ्जयकुमार शाह र सरोज खनाल लगायतको विशेष पहलमा स्थापना गरिएको हो । संस्थाको भावी योजना र कार्यक्रमहरुका बारेमा विस्तृत योजना छिट्टै सार्वजनिक गरिने जनाइएको छ ।

Comments