काठमाडौं । महान् पर्व बडा दशैंअन्तर्गत आज पनि आश्विनशुक्लपक्षको प्रतिपदा तिथि परेकाले दशैंघर तथा देवीमन्दिरहरुमा माता शैलपूत्रीको पूजाआराधना गरिंदैछ । देवीदुर्गा भवानीको दर्शन र पूजाआजाका लागि मुलुकभरका शक्तिपीठ देवीमन्दिर र कोटघरहरुमा भक्तहरुको भीड लागेको छ ।

काठमाडौको हनुमानढोकास्थित दशैंघर नजिकै रहेकी तलेजु भवानीका साथै उपत्यकामा रहेका देवीमन्दिर तथा शक्तिपीठ  गह्येश्वरी,मैतीदेवी, नक्सालभगवती, कालिकास्थान,भद्रकाली, संकटा, ,रक्तकाली,दक्षिणकाली र स्वधा वा शोभाभगवतीका मन्दिरमा नवरात्रको विशेष पूजा शुरुभएको छ  । यसै गरी नरदेवी, विजयश्वरी,इन्द्रायणी,वज्रवाराही,बगलामुखीमा पनि दशैंको विशेषपूजा गरिंदैछ ।

यसरी नै मुलुकभर रहेका देवीमन्दिर तथा शक्तिपीठमा देवीभवानीको पूजाआराधना भइरहेको छ । पूर्वकी पाथीभरादेवी रक्तकाली,कंकालिनी,सिद्धकाली सखडा भगवती छिन्नमस्ता, गडीमाई भगवती, दन्तकाली,कालिञ्चोक भगवती,पाल्चोक भगवती,पलाञ्चोक भगवती, लिस्तीमाई,चण्डेश्वरी,चामुण्डा भगवती,सल्यानकोट भगवती,रिपुमर्दिनी भैरवी भगवती,देवीघाट भगवती,गोरखकाली,मनकामना भगवती, लमजुङ कालिका, छिम्केश्वरी,खड्गेश्वरी, मौलाकालिका,जितेश्वरी,भैरवी,भद्रकाली,विन्दवासिनी भगवती, सराङकोट,कास्कीकोटकी गुप्तकाली,पाङ्दुरकोट आलमदेवी,गह्रौंकालिका ,सतौंचण्डी,बागलुङ कालिका,दुर्लुङ कालिका,जलजलामाई,शैलेश्वरी,वागेश्वरी उग्रतारा,लगायत देशका थुमथुम र गढीग्राम,दुर्गमा रहेका देवीमन्दिरमा बडो उत्साहका साथ भगवतीको विशेष पूजाअर्चना भइरहेका छ ।

Comments