काठमाडौँ ।  अघोषित नाकाबन्दी भारतले खुकुलो बनाउँदै गएपछि नेपाल भित्रिने पेट्रोलियम पदार्थको परिमाण बढ्दै गएको छ ।

मंगलबार मात्र एक सय ३४ ट्यांकर पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ । भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले मंगलबार मात्रै एक सय ३४ ट्यांकर पेट्रोलियम पदार्थ र २८ बुलेट ग्यास नेपाल भित्रिएको जानकारी दिए । पेट्रोलियम पदार्थका ट्यांकर नेपाल भित्रिने क्रम बढेको ढुंगानाले जानकारी दिए ।

‘डिजेल र पेट्रोल क्रमश: १०५ र २९ ट्यांकर भित्रिएका छन्,’ महानिर्देशक ढुंगानाले नयाँ पत्रिकासँग भने, ‘भन्सार नाकाबाट २८ बुलेट खाना पकाउने ग्यास नेपालतर्फ आएको छ । पेट्रोलियम आउने क्रम बढेको छ ।’ भारतसँगको अधिकांश नाकाबाट आयात सहज भएको छ ।

तर, वीरगन्ज भन्सार नाका भने ठप्प छ । वीरगन्ज भन्सारले राजस्व संकलनको करिब ५१ प्रतिशत हिस्सा ओगट्छ । भारतीय सीमा क्षेत्रमा नेपाल प्रवेशका लागि हजारौँ पेट्रोलियमका ट्यांकर तथा ग्यास बुलेट र मालवाहक सवारीसाधन रोकिएका छन् । महानिर्देशक ढुंगानाले वीरगन्ज भन्सार खुलाउन भारतीय पक्षसँग छलफल भइरहेको बताए ।

Comments