वीरगञ्ज । लामो बन्द  हडतालकाका कारण सास्ती खेप्दै आएका बीरगंजका ब्यापारी र स्थानियबासीले आजबाट केही राहत महसुस गरेका छन ।

नेपालीहरुको महान पर्व बडा दशैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै आन्दोलनकारीहरुले बन्द र आमहड्तालमा केही खुकुलो गरेपछि स्थानीयवासीले राहत महसुस गरेका हुन् । त्यसो त मधेशी मोर्चाले आफ्नो आन्दोलनका कार्यक्रम यथावत रहेको जनाएको छ ।

बिगत दुई महिना देखी सिमांकनको बिषयमा असन्तुष्टी जनाउदै आन्दोलन गर्दै आईरहेका मधेश केन्द्रित दलले सीमानामा धर्ना र आन्दोलनका कार्यक्रम यथावत रहेको जनाएपनि मोर्चाका स्थानीय नेता कार्यकर्ताले आन्दोलन केही खुकुलो बनाउने संकेत दिएका छन् । नेपालीहरुको महान पर्व बडा दशै, तिहार र छठ पर्बलाई मध्यनजर गर्दैे स्तानीय स्तरमा आन्दोलन केही खुकुलो बनाउने संकेत देखाएपछि बजारमा चहल पहल बढेको हो । आन्दोलन खुकुलो बनाएपछि बजारमा दशैका लागि लुगा कपडा किन्नेको भिड बढेको छ । लामो बन्द पछि बजार खुलेपनि बजारमा भन्ने नया कपडा ब्यापारीले ल्याउन नसकेकोले भन्या जस्तो कपडा नपाईरहेको एक महिलाले बताइन ।

बजार पसल खुलेपनि सबै समान महंगो भएको उपभोक्ताको भनाई छ । लामो बन्द हडतालले बजारमा खाद्यान्न ईन्धन र ग्यासको चर्को अभाव देखिएको छ । बजारमा सामानको अभाव देखिएसगंै कालो बजारी बढेको उपभोक्ताले गुनासो गरेका छन । उपभोक्ताको गुनासो बढे पनि स्थानिय प्रशासनले बजार अनुगमनमा चासो नदेखाउदा उपभोक्ता ठगिने क्रम बढेको छ ।

मोर्चाले चाडपर्वलाई ध्यानमा राखेर बैंक तथा वित्तिय संस्थाहरुलाई खोल्न अनुमति दिएको छ ।  बैकहरु खुलेपछि कारोबार गर्नेहरुको ह्वात्तै भिड बढेको छ । बजार पसल खुलेपनि मांग पुरा नभए सम्म यातायात, शिक्षण संस्था, उद्योग कलकारखाना र नाकामा अवरोध कायमै राख्ने बताएको छ । मंगलवार काठमांडौमा बसेको मोर्चाको  बैठकले बन्द खोलेर जनताको जनजीवन सहज बनाउने अपेक्षा गरिएको थियो । तर मधेशी जनताको अपेक्षा विपरित मोर्चाले आन्दोलनका कार्यक्रम यथावत रहेको जनाएको छ ।

Comments