एजेन्सी  ।  विश्वकप छनौट प्रतियोगितामा चिलीले ब्राजिललाई हराएको छ । शुक्रबार बिहान चिलीको राजधानी सान्टियागोमा भएको खेलमा ब्राजिल २–० ले पराजित भएको हो ।

कोपा अमेरिकाको उपाधि जितेको चिलीलाई पहिलो हाफ र दोस्रो हाफको केही समय गोल रहित बराबरीमा रोकेको ब्राजिलले ७२ औं मिनेटपछि दुई गोल खायो । ७२ औं मिनेटमा एडवार्डो भार्गसले गोल गर्दै चिलीलाई सुरुवाती अग्रता दिलाए । ९० औं मिनेटमा एलेक्स सान्चेजले गोल गर्दै चिलीलाई २–० को जित दिलाए ।

नइमार बिना मैदान उत्रिएको ब्राजिल चिलीको घरेलु मैदानमा हार व्यहोर्न बाध्य भयो । जित निकालेको चिली विश्वकप २०१८ का लागि छनौट भएको छ ।

Comments