एजेन्सी । अपराधको दुनियाँ भन्ने वित्तिकै पुरुष नाइकेहरुको अनुहारको सम्झना आइहाल्छ । तर संसारका विभिन्न मुलुकहरुमा रहेको अपराधिक सञ्जालमा यस्ता महिला डनहरु पनि छन्,जसको अदा र सौन्दर्य हेरेर जोकोही पनि मोहित नभईरहन सक्दैन ।

अपराधका क्षेत्रमा त्यस्ता महिला डन नाइकेहरुलाई गडमदर भनिन्छ । विश्वका थुप्रै गडमदरमध्ये मेक्सिकोकी क्लाडिया ओचोअ फेलेक्स सबैभन्दा सेक्सी र सुन्दर मानिन्छन् । उनी अहिले लागू औषध तस्करमा संसारकै नम्बर १ मा रहेको देश मेक्सिकोको कुख्यात अपराधिक सञ्जालकी मूख्य बोस छिन् । उनी र उनको ग्याङमाथि सयौं व्यक्तिहरुको हत्या,अपहरण र फिरौति असुली गरेको अभियोग लागेको छ । त्यसैले उनी विश्वकै प्रहरीको मोष्ट वान्टेडको सूचीमा छिन् ।

ccतीन सन्तानकी आमा २८ वर्षीया क्लाउडिया यति सुन्दर छिन् कि उनको सामुन्ने संसारका मै हूँ भन्ने अभिनेत्री र मोडलहरु पनि फिक्का लाग्छन् । त्यसैले उनलाई मेक्सिकोमा ‘द किम कार्द्सियन अफ अर्गनाइज्ड क्राइम’ पनि भनेर चिनिन्छ ।

उनको ग्याङलाई लस एक्ट्रेसको नामबाट चिनिन्छ । उनले नेतृत्व गरेको सो ग्याङस्टार समुहमाथि सयौं हत्याको आरोप लागेको छ । अमेरिकी जाशुसी संस्थाका अनुसार यो समुह संसारकै सबैभन्दा शक्तिशाली अवैध काम गर्ने संगठनको रुपमा चिनिन्छ । फेलिक्स आफ्नो प्रेमी गिरफ्तारमा परेपछि स्वतः यस समूहको नाइके बनेकी थिइन् । अकुत सम्पतिको मालिक बनेकी फेलिक्सको साथमा सधैं एके–४७ हतियार हुने गरेको छ ।

यति ठूलो र खतरनाक अपराधिक समूहको नाइके भए पनि उनी ट्वीटर र फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा नयाँ नयाँ सेल्फी अपलोड गरिरहन्छिन् । उनको यो सौख ग्याङको लागि महँगो पर्नसक्छ भन्दै समूहबौ आलोचना नभएको पनि होइन । तर क्लाउडियालाई यसको कुनै मतलब छैन । त्यसैले उनी निस्फिक्री जिमक्लब समेत जाने गर्छिन् ।

clगत वर्ष जिम क्लबबाट निस्कदै गर्दा क्लाउडिया भनेर युरिना क्याष्ट्रिलो नामक एक युवतीलाई बन्दुकधारीहरुले अपहरण पश्चात हत्या गरि गाडिदिएका थिए ।

त्यो घट्नापछि अहिले भने उनी कडा अंगरक्षकहरुको सुरक्षा राखेर हिड्छिन् ।

Comments