काठमाडौँ ।  भ्रष्टाचारको आरोपमा एमालेका २ मन्त्री फिर्ता हुने सम्भावना बढेको छ ।

अख्तियारले कारबाही सिफारिस गरेका एमालेका २ मन्त्री फिर्ता बोलाउन प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार साँझ केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

शुक्रबार शुरु हुने संसद अधिवेशनमा राजीनामा दिने घोषणा गरेका प्रधानमन्त्री कोइरालाले दुई दिनअघि ओलीलाई टेलिफोन गरी अख्तियारले कारबाही सिफारिस गरेका खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र उर्जामन्त्री राधा ज्ञवालीलाई फिर्ता बोलाउन आग्रह गरेका हुन् ।

मन्त्रीद्वयलाइ पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले कारबाही प्रक्रिया अघि बढाउन भनेको थियो ।

Comments