मेलबर्न ।  मेलबर्नमा चौथो एनुअल अवार्डस् नाइट २०१५ हुने भएको छ । कार्यक्रमको आयोजना अष्ट्रेलियामा नेपाली खेलकुदको क्षेत्रमा छुट्टै पहिचान र प्रतिष्ठा बनाएको यति फुटबल क्लबले गर्न लागेको हो ।

आज साँझ ब्रन्सवीकमा हुने अवार्ड समारोहमा विभिन्न क्षेत्रबाट उल्लेख्य योगदान पु्र्याउने व्यक्ति र संघ संस्थाहरुलाई सम्मानित गरिनेछ । कार्यक्रममा उपस्थित हुने आमन्त्रितहरुलाई औपचारिक पोशाकमा उपस्थित हुन आयोजकले आग्रह गरेको छ ।

Comments