मेलबर्न  । गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनका लागि विभिन्न देशका उम्मेद्वारहरुबाट विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । त्यही क्रममा अन्तर्राष्ट्रिय समन्वय समिति (एनआरएनए आईसीसी) को युवा संयोजक पदमा अष्ट्रेलियाबाट कृष्ण गिरीले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ  ।

गिरी  गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समिति (एनआरएनए आईसीसी) को युवा उपसंयोजक पदमा कार्यरत हुनुहुन्छ ।  आफ्नो कार्यकालमा उहाँले  “डलर १ कापि र कलम”, “एनआरएनए भवन निर्माण”, “स्कील, नलेज एण्ड ईनोभेसन” परियोजना, “एनआरएनए क्षेत्रिय तथा एनआरएन डे” कार्यक्रम आयोजना लगायत एनआरएनएको हरेक गतिविधिमा सक्रिय भूमिका खेल्दै आउनुभएको छ ।

साथै उहाँ बिगत ४ बर्ष देखि अष्ट्रेलियाको नेपाली समुदायमा “द नेपाली भिजन अष्ट्रेलिया” मासिक पत्रिका तथा अनलाईन न्यूज पोर्टलको प्रकाशन तथा सम्पादन गदै अष्ट्रेलियाको नेपाली समुदायमा निरन्तर कार्यरत रहँदै आउनुभएको छ ।

krishnaयुवा संयोजकमा कृष्ण गिरीको उमेद्वारी किन ? प्रस्तुत छ गिरीको प्रेस बिज्ञप्ति  :

नमस्कार,

गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समिति (एनआरएनए आईसीसी) को युवा उपसंयोजक पदमा रहेर बर्तमान कार्यसमिति (आईसीसी) मा “डलर १ कापि र कलम”, “एनआरएनए भवन निर्माण”, “स्कील, नलेज एण्ड ईनोभेसन” परियोजना, “एनआरएनए क्षेत्रिय तथा एनआरएन डे” कार्यक्रम आयोजना लगायत एनआरएनएको हरेक गतिविधिमा कार्य गर्दै आएको तथा गरीरहेको तपाईलाई अवगत नै छ ।

साथ साथै बिगत ४ बर्ष देखि अष्ट्रेलियाको नेपाली समुदायमा “द नेपाली भिजन अष्ट्रेलिया” मासिक पत्रिका तथा अनलाईन न्यूज पोर्टलको प्रकाशक तथा सम्पादन गदै अष्ट्रेलियाको नेपाली समुदायमा निरन्तर कार्यरत रहेको छु ।

एनआरएनए अष्ट्रेलियाको कार्यसमिति सदस्य, आईटी संयोजक, सोसीयल वेलफेयर फण्ड निर्माण, एनआरएनए हेल्प डेस्क, सातौ एनआरएन क्षेत्रिय सम्मेलन तथा नेपाल फेष्टिभल जस्ता नेपाल र नेपालीलाई गौरव गराउने कार्यक्रम आयोजनाको मुख्य जिम्मेवारी लगायत दर्जनै परियोजनामा जिम्मेवारी भूमिका निर्वाह गर्दै परियोजनालाई सफल बनाएको पनि तपाईलाई अवगत नै छ ।

मैले गर्दै आएको कार्य तथा परियोजनालाई एनआरएनएको ७१ ओटां एनसीसीमा पुर्याउन, मैले नेपाली समुदाय र एनआरएनएमा कार्यगरेको अनुभब र समयलाई सदुपयोग गर्दै संस्थाका माध्यमबाट नेपाल र नेपालीका लागि अझ प्रभावकारी कार्य गर्ने प्रतिबद्धता सहित गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समिति (एनआरएनए आईसीसी) को यूवा संयोजकको पदमा आफ्नो उमेद्वारी दिने इच्छा व्यक्त गरेको जानकारी गराउँदै तपाईको अमूल्य सहयोगका लागि बिनम्र अनुरोध गर्दछु ।

अक्टोवर १४ देखि १७ सम्म काठमाण्डौमा हुने “सातौं महाधिवेशन तथा बिश्व सम्मेलन” मा तपाईको सहयोग प्राप्त गरी आगामि कार्यकाल १५–१७ का लागि यूवा संयोजक पदमा कम गर्ने अवसर प्राप्त हुनेछ भन्ने पूर्ण आशा, भरोषा र बिश्वासका साथ तपाईलाई अनुरोध गर्दछु ।

नेपाल, नेपाली र संघको सर्वोपरि हितमा :

– यूवाहरुको संजाललाई प्रभावकारी रुपमा सबै एनसीसीमा बिस्तार गर्नका लागि,
– प्रवाशमा हुर्केबढेका बालबालिका तथा यूवालाई एनआरएनएमा नेतृत्व बिकास गराउनका लागि,
– प्रवाशमा हुर्केबढेका बालबालिका तथा यूवालाई नेपाल र नेपाली संग सम्बन्ध बिस्तार गर्नका लागि,
– रोजगारीका शिलशिलामा खाडिमुलुक पुगेका तथा अन्य देशमा प्रवाशिएका यूवाहरुलाई सशक्तिकरण गर्दै पूजी, शिप र बिकासको वातावरण श्रृजना गर्नका लागि,
– प्रवासमा रहेका यूवाहरुमा खेलकुदको बिकास गराउँदै ज्ञान, शिप र पूजिलाई नेपाल भित्र्याउनका लागि,
संघले अघि सारेका नीतिनिर्माण तथा परियोजनालाई प्रभावकारीरुपमा सफल पार्नका लागि तपाईहरुको अमूल्य सहयोग मेरा लागि हुने छ भन्ने बिश्वासका साथ हार्दिक अनुरोध गर्दछु ।

कृष्ण गिरी (जगनाथ)
युवा उपसंयोजक, एनआरएनए आईसीसी

Comments