काठमाडौं । शुक्रवारदेखि प्रदर्शनमा आएको भाले फाइट चलचित्रमा गायक तथा नायक बाबु बोगटीसँग रिल विवाह गरेकी मोडल तथा अभिनेत्री रीमा विश्वकर्माले आइतबार रियल लाइफकै विवाह गर्दैछिन् ।

नेशनल टेलिभिजनबाट सञ्चारकर्मीको रुपमा करियर शुरु गरेकी रीमाले बेलायतका एनआरएन रोब विश्वकर्मासँग विवाह गर्न लागेकी हुन् । रीमाको विवाह समारोेहलाई भव्य बनाउँनका लागि उनको परिवारजनले केही दिनदेखि नै तयारी थालेको थियो  छ । विवाह समारोह राजधानीको बौद्धस्थित पाँचतारे होटल हयात रेजन्सीमा हुँदैछ । सम्भवतः पछिल्लो पुस्तामा पाँच तारे होटल बुकिङ गरेर विवाह गर्नेमा रीमा नै पहिलो चलचित्रकर्मी बनेकी छिन् । रोब र रीमाको प्रेमसम्बन्ध प्रगाढ भएको धेरै भएको छैन । करिब डेढ वर्षअघि पहिलोपटक भेटिएका उनीहरु बेलायतमै प्रेम सम्बन्ध अगाडि बढेको स्रोतको भनाइ छ । छोटो समयको प्रेमलाई रोब र रीमाले आइतबार विवाहमा परिणत गर्न लागेकी हुन् ।

रीमाले विवाह समारोहमा आफ्ना नातेदारका अलावा केही फिल्मकर्मीलाई पनि निम्ता गरेकी छिन् । पछिल्लो समय नेपाली अभिनेत्रीहरुले एनआरएन नेपालीसँग विवाह गर्ने ट्रेन्ड नै चलिरहेको बेला रीमाले पनि त्यसैलाई पछ्याएकी हुन् ।

रीमा अभिनित एउटा म्युजिक भिडियो,छाएछ बतास….

https://www.youtube.com/watch?v=bQbfh9utaSU

Comments