पोहांग/दक्षिण कोरिया | गत बैशाख १२ गतेको विनाशकारी भूकम्पमा क्षतिग्रस्त हुने पुगेका विद्यालयको भौतिक निर्माणमा सहयोग पुर्याउने उदेश्यले रोजगारीका लागि कोरिया पुगेका युवाहरुको संयुक्त प्रयासमा सङ्गठित  हिमालय एफ.सि. (फुटबल क्लब)ले सङ्कलन गरेको सहयोग रकम आफैले प्रारम्भिक शिक्षा हासिल गरेका गोरखाका विद्यालयहरुलाई हस्तान्तरण गरेका छन् |

हिमालय एफ.सि.ले विनाशकारी भूकम्पको केन्द्र बिन्दु रहेको गोरखा जिल्ला ताकुकोट गाविस वडा नं. ५ स्थित श्री सुर्य ज्योति उच्च माध्यमिक  विद्यालय, अश्राङ्ग-६ स्थित श्री नव जागृति उच्च माध्यमिक विद्यालय र पन्द्रुंग-२ स्थित श्री ब्रह्मचारिणी निम्न माध्यमिक विद्यालयका निम्ति प्रति विद्यालय रु ८३ हजारका दरले सहयोग रकम स्वरूप कूल २ लाख ४९ हजार रुपैयाँ उपलब्ध गराएको हो | यी तीनै विद्यालयहरु बैशाख १२ को महा भूकम्पका कारण क्षतिग्रस्त छन् |

DSCF7502

क्षतिग्रस्त पन्द्रुंग-२ स्थित श्री ब्रह्मचारिणी निम्न माध्यमिक विद्यालय

एफ.सि. हिमालय,  सन् २०१० देखि दक्षिण कोरिया स्थिति पोहांगमा सक्रिय रुपमा फुटबल खेल्दै आएको क्लब हो | रोजगारीकै शिलसिलामा विदेशमा रहे पनि फुटबल खेलमार्फत संगठित हुँदै आफ्नो मातृभूमिमा आइपरेको विपदको समयमा क्लबको संयुक्त पहलमा यो सहयोग जुटाउने कोशिस गरेको क्लबका प्रतिनिधि डबल गुरुङले जानकारी दिनु भयो | खेलकै माध्यमबाट थप सक्रियता पूर्वक विपदमा परेको नेपाल र नेपालीका निम्ति जुट्ने क्लवको उदेश्य रहेको उहाँले बताउनु भयो |

1375633_473512222746928_1417512944_n

Comments