काठमाडौं । अखिल नेपाल फुटवल संघ एन्फाको आयोजना भैरहेको राष्ट्रिय लिग फुटवल प्रतियोगिताको बाँकी खेलहरु आज सोमवारबाट पुनः शुरु हुँदैछ । जारी लिगमा अब दश खेल खेल्न बाँकी छ ।

एन्फाको तालिका अनुसार आज २८ गते सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा मनाङ मस्र्याङदी र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुनेछ । २९ गते थ्रि स्टार र  एपीएफ क्लब  आमने सामने हुनेछन । यसअघि १७ गते देखिनै सुरु हुने भनिएको लिग देशको पछिल्लो राजनीतिक अवस्थाका कारण एन्फाले  २८ गते गर्ने निर्णय गरेको थियो । सहभागी सवै नौ क्लबहरु संगको छलफल पछि खेल तालिका सार्वजनिक गरिएको बताइएको छ ।

होम एण्ड अवेको आधारमा संचालित लिगमा झापा ८ खेलबाट १६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको एपीएफ १४ अंक सहित दोस्रो स्थानमा छ भने नेपाल आर्मी क्लब तेस्रो र थ्रि स्टार चौथो स्थानमा छ ।

Comments