मेलबर्न । रेष्टुरेन्टमा काम गर्ने एक नेपाली युवालाई उनको तलब वापतको तलब नदिने रेष्टुरेन्ट मालिकबाट १५ हजार डलर हर्जना तिराएका छन् ।  आफूले काम गरेको १६ सय ४० डलर नदिएपछि अदालतमामा मुद्दा दायर भएको थियो ।

१८ महिनाको बहसपछि अदालतले उनलाई १५ हजार डलर क्षतिपूर्ति दिनुपर्ने निर्णय सुनाएको छ । २९ वर्षीय मिलन दाहालले दायर गरेको यस मुद्दाको किनारा लाग्न १८ महिना लागेको थियो । यद्यपि, भारतीय मूलका होटल मालिक निकोलास शर्माले भने मिलनलाई अंग्रेजी राम्रोसँग बोल्न समेत नआएको भन्दै अदालतमा आफ्नो बचाउ गरेका थिए ।

मिलनले निर्णयपछि भनेका छन्, “यो धेरै कामदारहरुको निम्ति उदाहरण हो जो कम ज्याला वा तलब नपाउने समस्याबाट पीडित छन् । काम गराउने तर तलब दिने बेलामा विभिन्न बहाना गर्नेहरुले सचेत हुन आवश्यक छ ।” मुद्दा नै परिसकेपछि पीडक शर्माले भनेका थिए “म तलब दिन त तयार छु तर क्षतिपूर्ति भने दिन्नँ ।” तर, अदालतले उनले तलबसहित क्षतिपूर्ति पनि उपलब्ध गराउनुपर्ने निर्णय सुनाएको छ । मिलन दाहाल भन्छन्, “धेरै भारतीय मित्रहरु यसैगरी पीडित छन् । यो मेरो लागि मात्र होइन, म चाहन्छु यो एउटा उदाहरणका रुपमा सबैमाझ स्थापित होस् । अन्याय सैह्य हुन सक्दैन ।”

योंग वर्कर्स लिगल सर्भिसकी निक्की क्यान्डीले भनिने, “सुरुमा त होटलवालाले ऊ काम गर्दथ्यो भन्ने कुरा समेत अस्वीकार गरेको थियो । यस्तै हर्कत अरुसँग पनि गरेको हुनसक्छ ।” ८ सेप्टेम्बरमा सुनाइएको फैसलापछि अब २८ दिनमा होटलवालाले मिलनलाई यो क्षतिपूर्ति उपलब्ध गराइसक्नुपर्नेछ ।

Comments